प्रकाशित मिती २०७६-४-२१
निजामती सेवा ऐन, २०४९ को दफा ७ख. उपदफा (२) मा मन्त्रालय, सचिवालय, आयोग र विभाग तथा उपत्यकाभित्र रहेका कार्यालयमा कार्यरत निजामती कर्मचारीको हकमा निजामती किताबखाना र जिल्लास्थित कार्यालयका निजामती कर्मचारीको हकमा सम्बन्धित कोष तथा लेखा नियन्त्रक कार्यालयबाट तलवी प्रतिवेदन पास नगराई तलव खुवाउन हुँदैन भन्ने प्रावधान रहेको छ । तलवी प्रतिवेदन पास नगरी तलव खुवाएको भएमा त्यसरी तलव खुवाउने पदाधिकारीबाट त्यस्तो कर्मचारीले पाएको तलव भत्ता र अन्य सुविधा वापतको रकम सरकारी बाँकी सरह असुल उपर गरिने व्यवस्था छ । साथै श्री सामान्य प्रशासन मन्त्रालयको च.नं.२४१ मिति २०६६।८।२९ को पत्रबाट प्रत्येक वर्षको भाद्र मसान्त भित्र तलबी प्रतिवेदन पारित गर्ने गराउने भन्ने निर्देशन भएकोले समयमै तलवी प्रतिवेदन पारित गराउनु हुन राष्ट्रिय किताबखाना (निजामती) हार्दिक अनुरोध गर्दछ ।
तलबी प्रतिवेदन पारित गर्न पेश गर्नुपर्ने अावश्यक कागजातहरू :
नोट : माथि उल्लेखित कागजातहरू रेकर्ड फाइलमा फाइलिङ गरी पेश गर्नुपर्ने छ ।
# प्राविधिक ग्रेड सम्बन्धी सम्मानित सर्वोच्च अदालतको आदेश
# रा.प.प्रथम श्रेणी प्राविधिक सहसचिवस्तर र श्रेणी विहिन वन रक्षकको प्रा.ग्रेड सम्बन्धी
# ग्रेड बृद्धि हुने महिना एकिन सम्बन्धी
Last Update On: २०७७-४-११