नेपाल सरकार सामान्य प्रशासन मन्त्रालय : निजामती किताबखाना
General Notice
निजामती सेवाका सम्पर्ूण्ा निकाय तथा आम निजामती कर्मचारीहरूमा निजामती किताबखानको अनुरोध
नयाँ कार्यालयको स्थापना भए पछि र पद सृजना भएपछि निजामती कितावखानामा समयमै दर्ता गराएर मात्र भर्ना सम्वन्धी प्रकृया आरम्भ गर्ने ।
कर्मचारीहरूको पदस्थापना, सरूवा, बढुवा, रमाना, औषधोपचारको रकम, अध्ययन/तालिमका प्रमाणपत्रहरू तथा असाधारण र अध्ययन विदाको जानकारी छिटो छरितो रूपमा कितावखानामा पठाउने,
संपर्ूण्ा कर्मचारीहरूको व्यक्तिगत विवरण -१३ पाने सिटरोल) कितावखानावाट अनिवार्य रूपमा प्रमाणित गर्राई मन्त्रालय, विभाग तथा सम्वन्धित कार्यालयमा अभिलेख राख्ने,
कर्मचारी सम्बन्धी पत्राचार गर्दा कर्मचारी संकेत नम्बर अनिवार्य रूपमा उल्लेख गर्ने ।
तलवी प्रतिवेदन प्रत्येक बर्षअनिवार्य रूपमा पारित गर्ने । सिटरोल प्रमाणित नभएका कर्मचारीहरूको अनिवार्यरूपमा तलव रोक्का गर्ने ।
कार्यालयहरूले तलबी प्रतिवेदन पठाउँदा तत्कालीन अवस्थाको दरवन्दी सहित सो आ.व. मा तलब खाएका कर्मचारीहरूको एकमुष्ठ तलबी प्रतिवेदन पठाउनु पर्नेछ । किताबखानाबाट तलवी प्रतिवेदन पारित हुँदा कैफियत महलमा जनाई पठाएकोमा बाहेक आंशिक रूपमा प्राप्त भएको तलबी प्रतिवेदन पारित हुने छैन ।
यस कार्यालयमा काम लिई आएका सरोकारवाला कर्मचारीहरूको काम तर्फफाँटबाट आलटाल गरी समयमा काम नभएमा वा नगरेमा सम्बन्धित फाँट वा शाखाको शाखा प्रमुख समक्ष सर्म्पर्क गर्न सकिने छ ।
यस विभागमा कर्मचारीहरूको औषधी उपचार, असाधारण विदा तथा दण्ड सजायको अभिलेख माग गर्दा कार्यरत कार्यालयमा रहेको सम्बन्धित कर्मचारीको सोही विषयको अभिलेख विवरण उल्लेख गरी माग गर्नु पर्नेछ । यसरी आफ्नो कार्यालयको विवरण उल्लेख नगरी माग गरेका विवरणहरू उपलब्ध गराइने छैन ।
कर्मचारीको अभिलेख अद्यावधिक गर्न छुट भएका विवरणको प्रमाणित प्रतिलिपी पठाइदिने ।
उमेर वा सेवा अवधिको कारणबाट अनिवार्य अवकाश पाउने निजामती कर्मचारीले अवकाश हुने मिति भन्दा ६ महिना अगावै नि.से.नि. २०५० को अनुसूचि १७ क बमोजिमको निवृत्तभरण माग फारम भरी आफू बहाल रहेको कार्यालय मार्फ निजामती किताबखानामा पठाउनु पर्ने व्यवस्था रहे अनुसार सो फारम प्राप्त नभएमा वा नआएको अवस्थामा उक्त फारम पठाउन पत्राचार गर्ने । -नियम १०१)
कर्मचारी विवरणमा संशोधन गर्न सम्बन्धित निकायको सिफारिस पत्र अनिवार्यरूपमा संलग्न गरिएको हुनुपर्नेछ ।