अभिलेख सूचनासेवा प्रदान गर्ने
- निजामती कर्मचारीको अभिलेखलाई निरन्तर आधुनिक प्रविधि अनुरूप व्यवस्थित एवम अध्यावधिक गर्दै जाने ।
- सम्बन्धित कर्मचारी तथा व्यक्ति,संस्था र निकायहरूलाई निजामती कर्मचारीको अभिलेख अनुरूपका तथ्यांकहरू नियमानुसार उपलव्ध गराउने ।
कर्मचारी विवरण अद्यावधिक गर्ने
निजामती किताबखानामा प्राप्त हुने पत्रहरूलाई तुरून्त सम्बन्धित कर्मचारीको विवरण सम्बन्धित फाइलमा समावेश गर्ने, प्रमाणित गर्ने र एक्ष्क् मा भ्लतचथ गर्ने व्यवस्था मिलाउने । सधैं धभदकष्तभ मार्फत प्राप्त हुने ाभभमदबअप को आधारमा विवरण अद्यावधिक गराउने । कर्मचारी व्यक्तिगत अभिलेख -फाइल र एक्ष्क्) अद्यावधिक गराउने दायित्व सम्बन्धित फाँटवाला र अधिकृतको दायित्व हुनेछ । कर्मचारी विवरण अद्यावधिक नगराउने र यस सम्बन्धी निर्देशन पालना नगर्ने कर्मचारीलाई महानिर्देशकले आवश्यक कारवाही गर्न सक्ने व्यवस्था गरिएको छ ।
अधिकार प्रत्यायोजनः
कुन कुन कार्य फाँटबाट नै सम्पन्न गर्ने, कुन कुन कार्य शाखा अधिकृत तहबाट गर्ने, कुन कुन कार्यहरू निर्देशकहरूको तहबाट हुने र कुन कार्य महानिर्देशक सम्म ल्याई सम्पन्न गरिने भन्ने कुरा लिखित रूपमा अधिकार प्रत्यायोजन गरिएको छ । पेन्सन, उपदान, सिटरोल दर्ता गर्ने, तलबी प्रतिवेदन पारित गर्ने, औषधोपचार सम्बन्धी कार्य तथा विभागले प्रदान गर्ने सेवा प्रवाह छिटो, छरितो एवं व्यवस्थित रूपले सम्पन्न हुन सक्ने गरी अधिकार प्रत्यायोजन प्रणाली मिलाईएको छ ।
सुपरीवेक्षणः
विभागले प्रदान गर्ने सेवालाई प्रभावकारी एवं व्यवस्थित बनाउन ऋomउगतभच मा नै दर्ता चलानी गर्ने व्यवस्था गरी त्यसबाट कुन शाखा, फाँटमा के कति दैनिक पत्रहरू आए, कहाँबाट कति पत्रहरू आए, कति पत्रहरूका सम्बन्धित कार्य फछ्र्यौट गरिए, के कति बाँकी रहे, कुन फाँट र शाखाका कार्यहरू प्रभावकारी रूपमा भएका छन्, कुन फाँटका कार्यहरू प्रभावकारी हुन सकेका छैनन्, त्यसको अनुगमन तथा मूल्यांकन -ःयलष्तयचष्लन बलम भ्खबगिबतष्यल) गर्न एभचायrmबलअभ त्चबअपष्लन क्थकतझ को शुरूवात गरिएको छ । त्यसै गरी माथिल्लो तहबाट दैनिक रूपमा प्रत्येक्ष रूपमा तथा एभचायrmबलअभ त्चबअपष्लन क्थकतझ का आधारमा समेत सुपरीवेक्षण गरिने व्यवस्था रहेको छ ।
पृष्ठपोषणः
विभागले आफूले सेवा पुर्याउने सम्बन्धमा सेवा ग्राहीहरूले के कस्तो सेवा सुविधा पुर्याउन सकेका रहेछ, त्यसमा आगामी दिनहरूमा के कस्ता सुधारहरू गर्न सकिन्छ भन्ने कुराको जानकारी लिन सेवाग्राहीहरूले भर्ने अनुसूची मा उल्लेख गरेको फाराम उपलब्ध गराएको छ । यसरी भरिएका फारामहरूको अध्ययन गरी ँभभमदबअप लिने गरेको छ । त्यसैगरी विभागको प्रवेशढोका नजिक उजुरी पेटिका राखिएको छ , त्यसमा परेका उजुरीलाई पनि ँभभमदबअप को रूपमा लिने तथा त्यसलाई महत्वपर्ूण्ा रूपले लिई त्यस सम्बन्धमा कारवाही समेत गर्ने व्यवस्था मिलाईएको छ । पृष्ठपोषणबाट प्राप्त सुझावको आधारमा संस्थागत सुदृढिकरण गर्ने र यसलाई कर्मचारीको कार्यसम्पादन स्तर निर्धारण गर्ने कार्यमा समेत प्रयोग गरिने छ ।
पारदर्शिताः
विभागले गर्ने कार्य स्पष्ट, झन्झट रहित छिटो, छरितो, नियमित र पारदर्शी हुन सकेास् भन्ने कुरामा विभाग सचेत रहेको छ । त्यसको लागि विभागमा प्रवेश गर्ने मूलद्वारमा सेवाग्राहीको जानरकारीका लागि एक प्रकारको ऋष्तष्शभल ऋजबचतभच कै रूपमा सम्पादन गरिने कार्य, कार्य गर्दा लाग्ने समय, कार्य गर्दा आवश्यक कागजातहरू, जिम्मेवार ब्यक्ति तथा फाँट, अनुगमन र मूल्यांकनका व्यवस्थाहरू स्पष्ट रूपले उल्लेख गरी सबैलाई जानकारी गराइएको छ । सो अनुसार कार्य नभए सुनुवाई गर्ने व्यवस्था समेत मिलाईएको छ ।
|